विपक्षी मोर्चाप्रति थापाको टिप्पणी : राजा फर्काउनेदेखि सहकारी ठग्न पाउनै पर्ने साझा एजेण्डा


२०८१ माघ ५ शनिबार १९:०० बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले विपक्षी गठबन्धनको मोर्चाबन्दीमाथि कडा टिप्पणी गरेका छन् । उनले विभिन्न विचारधारा र एजेण्डा बोकेका दलहरूको यो गठबन्धनलाई विरोधाभासपूर्ण टिप्पणी गरेका छन् ।

नेता थापाले प्रतिनिधिसभामा कुल २७५ सदस्य रहेकोमा ८१ सदस्यीय विपक्षी मोर्चाबन्दीको गठन भएको तथ्य औंल्याएका हुन् । थापाका अनुसार यो गठबन्धनमा राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेका दलदेखि सहकारी क्षेत्रमा अनियमितता गर्न चाहने समूहसम्म सम्मिलित छन् । विपक्षी मोर्चाबन्दीमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी (आजपा), जनमोर्चा र नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी छन् ।

नेता थापाले यो गठबन्धनको मुख्य उद्देश्य प्रतिगमनको सेवा, भ्रष्टाचारको ढाकछोप र सत्ताको स्वाद फेरि चाख्न रहेको टिप्पणी गरेका हुन् । उनले यस्तो विरोधाभासपूर्ण एजेण्डा भएको गठबन्धनलाई व्यंग्यात्मक शैलीमा ‘बिना चिल्लाको च्वाईच्वाई’ को संज्ञा दिएका छन् । ‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी (राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनु पर्ने आदि साझा एजेण्डा (बिना चिल्लाको च्वाईच्वाईं)’ थापाले फेसबुकमा लेखेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७