यू–१९ महिला विश्वकप : बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल


२०८१ माघ ५ शनिबार १४:४९ बजे

काठमाडौं । आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा बंगलादेशले टस जितेर नेपालविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली टोली ब्याटिङका लागि मैदानमा उत्रँदैछ । दोस्रो संस्करणको यू–१९ टी ट्वेन्टी महिला विश्वकप आजदेखि मलेसियामा सुरू भएको हो । वाईएसडी–यूकेएम क्रिकेट ओभल, बांगीमा हुने यस खेलसँगै नेपाले विश्वकपमा डेब्यू समेत गर्दैछ ।

नेपाल र बंगलादेशको महिला यू–१९ टोली हालसम्म एक पटक मात्रै एक–अर्का विरुद्ध मैदानमा उत्रिएका छन् । यू–१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको उक्त खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको लक्ष्य बंगलादेशले ७ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गरेको थियो । आज नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।

विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्याण्ड र ९ गते अस्ट्रेलिया विरुद्ध खेल्ने छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७