रवि लामिछानेको थुनछेक बहस सुरु, आजै आदेशको सम्भावना


२०८१ पौष २९ सोमबार १४:५७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री तथा रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो । काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो ।

सुरुमा सरकारी वकिलको तर्फबाट र पछि लामिछानेका कानून व्यवसायीले बहस गर्नेछन् । उनीहरुका लागि न्यायाधीश अधिकारीले समय तोकिदिएका छन् । सरकारी वकिलका लागि २ घण्टा र लामिछानेका वकिलका लागि सवा एक घण्टा तोकिएको छ ।

लामिछानेको तर्फबाट सुशील पन्त र रमन श्रेष्ठले बहस गर्दैछन् । समय नै तोकिएकाले आजै थुनछेक आदेश आउने सम्भावना रहेको अदालत स्रोत बताउँछ । आइतबार अदालतमा लामिछाने उपस्थित भएकोमा बहस नभ्याएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो । हिजो थुनछेक बहस सुरु नभएका कारण उनलाई हिरासतमा पठाइएको थियो । रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड बढी रकम अपचलन गरेको आरोप छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७