रास्वपा कास्कीले भन्यो–रवि लामिछानेकाे रिहाइ सत्यको जीत
पोखरा । केन्द्रीय सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले सत्यको जित भएको बताएको छ । रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।
‘ढिलै भए पनि सत्यको जित भएको छ,’ ‘८४ दिनदेखि विना कसुर हिरासतमा रहनु भएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।’ अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ । सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।