आज कस्तो रहला देशभरको मौसम ?


०२:४३ बजे

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज (बुधबार) कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टा गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७