न्याय सेवा आयोगद्वारा कर्मचारीहरूको व्यापक सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं । न्याय सेवा आयोगले आफू अन्तर्गतका कर्मचारीहरूको व्यापक सरुवा गरेको छ । आज (बुधबार) को निर्णय अनुसार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवा गर्नुका साथै बढुवा समेत सिफारिस गरेको छ ।
जस अनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौंका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा भएको छ । यस्तै नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई आयोगको सचिवका रूपमा पठाइएको छ । आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।
हेर्नुस् सरुवा सूची