दुर्गा प्रसाईविरुद्ध फेरि मुद्दा दायर


१२:४६ बजे

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सीआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार संगठित अपराध तथा अपराधिक लाभ मुद्दा दायर गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रसाईले धम्काएको अभियोगपत्रमा उल्लेख छ । प्रसाईविरुद्ध नेपाल राष्ट्र बैंकका साथै व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले उजुरी दिएको बताइएको छ । सीआइबीले प्रसाईसहित हरिचन्द्र फुयल तथा रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाएको छ ।

तर सीआइबी अनुसन्धान अधिकृतहरूसँगको बयानमा प्रसाईले धम्की दिएको आरोप अस्वीकार गरेका छन् । यसअघि प्रसाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा पक्राउ परेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७