सीआईबीमा धनराजको बयान : तिर्नुपर्ने कुरा तिरेकै छु, अझै पनि तिर्छु


२२:०७ बजे

काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग आज (मंगलबार) दोस्रो पटक सोधपुछ गरेको छ । बयानमा गुरूङले पूर्व श्रीमतीले लिएको ऋण आफूले अहिले पनि तिरिरहेको र अझै तिर्ने बताएका छन् । सबै कारोबार पत्नीले गरेको र उनीसँग सम्बन्ध बिच्छेद भएपछि कुनै सम्पर्क नभएको उनले दावी गरेका छन् ।

पत्नीसँग सम्बन्ध बिच्छेदपछि पनि रोक्का रहेको घर धितोमा राखेर १२ करोड रुपैयाँ ऋण लिएको र त्यसको दायित्व बढेर अहिले ८४ करोड पुगेको बारे सीआइबीले सोध्दा उनले इन्कारी बयान दिएका छन् । बयानमा धनराजले ‘मलाई केही थाहा छैन, जाने, बुझेको र तिर्नुपर्ने कुरा तिरेकै छु, अझै पनि तिर्छु’ भनी बयान दिएका छन् ।  

मितेरी सहकारी ठगीमा १२ करोड हिनामिना भएको भनी सीआइबीमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी गुरुङपत्नी ज्योति, सहकारीका सचिव बोधविक्रम थापासहित पाँचका विरुद्ध उजुरी परेको थियो । अनुसन्धानको हदम्याद नाघ्न लागेका कारण छुटपुट बयान जारी रहेको प्रवक्ता होविन्द्र बोगटीले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७