असहाय, विपन्न, कमजोर, बेसहाराहरूका लागि न्याय दूर भएको गुनासो छ : प्रधानन्यायाधीश 


१६:२१ बजे
फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरूका लागि न्याय दूर भएको गुनासो आएको बताएका छन् ।

काठमाडौँमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरू मेट्न वरिष्ठ अधिवक्ताहरूले संकल्प गर्नुपर्ने बताए । उनले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको भनाइ राखे ।

अधिवक्ताहरू पथप्रदर्शक हुनुपर्ने जिकिर गर्दै प्रधानन्यायाधीश राउतले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गरे । उनले आम नागरिकहरूबाट पाएको आशीर्वाद वरिष्ठ अधिवक्ताको उपाधिभन्दा ठूलो हुने बताए । प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरूले मद्दत गरे उद्देश्य पूरा हुने दाबी समेत गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७