राष्ट्रपतिको शपथअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै


१२:४१ बजे

 काठमाडौं । अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ । न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो । 

१० जनवरीमा यो फैसला आउने छ । राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून  छ । न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ ।

यसअघि ट्रम्पले आफूविरुद्धको उक्त मुद्दा खारेज गर्न आफ्नो चुनावी जितलाई प्रयोग गर्ने प्रयास गरेका थिए । गत वर्षको मे महिनामा ट्रम्प एक पोर्न स्टार स्टोर्मी ड्यानियललाई चुप लाग्न पैसा दिएको अर्थात् हश मनीको मुद्दामा दोषी ठहर भएका थिए । तर उनीविरुद्धको सजाय भने सुनाइएको थिएन । ट्रम्पले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७