प्रचण्ड लक्षित बर्तौलाको टिप्पणी : समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला


१४:१८ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै बर्तौलाले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने खालका हुनु नहुने टिप्पणी गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौं । सम्माननीय पूर्व प्रधानमन्त्री ज्यू यहीँ हुनुहुन्छ, हामीलाई यसो लाग्छ, कहिलेकाहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ,’ प्रचण्डलाई लक्ष्य गर्दै उनले भने ।

उनले समाज विभाजित गर्ने अभिव्यक्ति कसैले पनि दिन नहुने बताए । ‘आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वभाविक रूपमा लिनुपर्छ । पद भनेको अस्थायी कुरा हुन् । स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा हो,’ उनले भने, ‘यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ । हरेकले के सोच्नु पर्छ भने आगामी यात्रामा कुनै पनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७