माओवादी केन्द्रीय समिति बैठक : उपाध्यक्षको कुर्सीमा पूर्व उपराष्ट्रपति पुन


०८:५४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ । आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति  बैठकमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन् । उनी यसअघि पनि पार्टी बैठकमा उपस्थित थिए ।

केन्द्रीय समिति  बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै लहरमा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् । पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ रहने गरी आसन व्यवस्थापन गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । यसअघि आजै बिहान स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७