तारकेश्वरमा टिपरको ठक्करबाट बालकको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ महादेव खोलास्थित सडकमा मिनिटिपरको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।
बा.३ ख ३३४४ नम्बरको मिनीटिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा तीन वर्षीय दिप्सनकुमार धिमालको बिहीबार बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मिनी टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।