गगन थापाको प्रस्ताव : भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं 


०२:२२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गरेका छन् । आज (बिहीबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्रीलाई आमन्त्रण गरी भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताएका हुन् । उनले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रूपमा प्रयोग गर्ने गरेको बताए । उनले फाइल खोल्ने विषयमा नागरिक आजित भएको उल्लेख गर्दै शीर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री ज्यू हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री ज्यू पनि आइरहनु भएको छ । बरु एउटा बैठक चाहिँ आमन्त्रित गरेर भए पनि अर्को पूर्व प्रधानमन्त्रीलाई पनि बोलाऊँ र यही समितिको बैठकमा बसेर एक पटक छलफल गरौं । भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो ।’ उनले शेरा दरबार, ललिता निवास, गिरीबन्धु लगायतका सबै भ्रष्टाचारसम्बन्धी फाइलहरू खोल्नुपर्ने धारणा राखे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७