‘तमु ल्होसार’ को रौनक {तस्वीरहरु}
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । यस अवसरमा आज (सोमबार) बिहान बसन्तपुरदेखि टुँडिखेलसम्म र्याली निकालिएको थियो ।
टुँडिखेलमा भेला भएर गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाएका हुन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।