म्यानमारमा विद्रोहीको कब्जामा रहेको क्षेत्रमा १४ नेपाली अलपत्र


२०८१ पौष ११ बिहीबार ११:०१ बजे

काठमाडौं । कामका लागि म्यानमार पुगेका १४ नेपाली अलपत्र परेका छन् । आन्तरिक द्वन्द्वमा फसेको म्यानमारको सीमा क्षेत्रमा ती नेपाली अलपत्र परेका हुन् । स्थानीय जातीय समूहको कब्जामा रहेको म्यावडी भन्ने ठाउँमा नेपालीहरु फसेको सूचना आएको र उद्दारका लागि अनुरोध गरिएको म्यानमारस्थित नेपाली दूतावासले जनाएको छ । केही समयअघि त्यस क्षेत्रमा स्थानीय विद्रोहीसँग म्यानमारको सेनाले आत्मसमर्पण गरेको थियो ।

अहिले त्यहाँ नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको पनि नेपाली दुतावासले जनाएको छ । तर जातीय विद्रोही समूहलाई औपचारिक रुपमा पत्राचार गर्नसक्ने स्थिति नभएकाले गैरसरकारी संस्थाहरूको समेत सहयोग लिएर उद्दारको पहल गरिएको पनि नेपाली दूतावासले जानकारी दियो । म्यानबारबाट केही दिनअघि पाँच जना नेपालीको भने उद्दार भएर स्वदेश फर्किसकेका छन् ।

म्यानमारमा द्वन्द्व बढ्दै जाँदा पछिल्लो दुई वर्षमा त्यहाँ अलपत्र परेका कम्तिमा ९० जनालाई उद्दार गरेर नेपाल फर्काइसकिएको छ । तर अझै पनि नेपालीहरु म्यानमार जान छाडेका छैनन् । अधिकांश नेपाली भिजिट भिसामा थाइल्याण्ड पुगेर स्थलमार्गबाट म्यानमार जाने गरेका छन् । म्यानमार जाने नेपाली मध्ये अधिकांशलाई क्रिप्टोकरेन्सी कारोबार, साइबर ठगी, लगायतमा काम लगाउने र उनीहरुले काम गर्न नसक्ने भनेपछि कुटपिट समेत हुने गरेको गुनासो बढ्दो छ । नेपाल सरकारले म्यानमार, कम्बोडिया र लाओस लगायतका देशमा सकेसम्म नजान र गएकाहरुलाई सावधानी अपनाउन ट्राभल एडभाइजरी नै जारी गरेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७