भीम रावल आफै निस्कनु भएको हो, निकालेका होइनौं : शंकर पोखरेल


२०८१ पौष १२ शुक्रबार ०१:५६ बजे
फाइल फोटो

चितवन । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन् । आज (शुक्रबार) चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले नहटाएको बताएका हुन् ।

‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ?,’ उनले भने, ‘त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो ।’ महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताएका छन् । 

‘नागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन । उहाँ सचेत नागरिक हो । पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्य मान्यता हुन्छन् । त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ ?,’ उनले भने । पोखरेलले चितवनमै भएको दशौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताएका छन् । 

त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए । ‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं । महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७