सभापति देउवाले गरे कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत (सूचीसहित)


२०८१ पौष ११ बिहीबार ०५:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत गरेका छन्। सभापति देउवाले डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन् । स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ , डा. अनिलकुमार झा र डा. सुमन कर्माचार्यलाई मनोनीत गरिएको छ । त्यस्तै, डा.सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल, वुधिसरा सुनुवारलाई स्वास्थ्य विभागमा मनोनीत गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७