भारत–चीनबीच लिपुलेक प्रयोगको सहमति भएको हो भने यो हेप्ने कुरा : गोकुल बाँस्कोटा


२०८१ पौष ११ बिहीबार ०५:१३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाले भारत र चीनले नेपाललाई नसोधी लिपुलेक प्रयोग गर्ने सहमति गरेकोप्रति आपत्ति जनाएका छन् ।

भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति भएको खबर सार्वजनिक भएको छ । भारतको विदेश मन्त्रालयले जनाएअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश–मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको हो । 

उक्त कुरा साँचो हो भने नेपाललाई हेप्ने र मिच्ने कुरा भएको टिप्पणी पूर्वमन्त्री समेत रहेका एमाले पोलिट्ब्युरो सदस्य बाँस्कोटाले बताएका हुन् । ‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लिनवाल सजिलै ढल्दोरहेछ । लिपुलेक भारत  र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो’, बाँस्कोटाले लेखेका छन्, ‘हात्तीहरु जुध्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने ? सम्प्रभुता साना–ठूला सबै देशको बराबर ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७