यो सरकारले काम गर्न नसके अरु कुनैले पनि सक्दैन : मन्त्री पौडेल


२०८१ पौष १० बुधबार ०७:०३ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षा अनुसार काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने टिप्पणी गरेका छन् । आज (बुधबार) सञ्चारिका समूह नेपालले आयोजना गरेको एक विशेष समारोहमा बोल्दै उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताए । 

उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । झण्डै दुई तिहाईको सरकार बनेको छ । यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब योभन्दा बलियो फरक परस्थितिको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुँदैन । त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७