सशस्त्रका चार एसपी हेडक्वाटर तानिए


२०८१ पौष १० बुधबार ०७:२० बजे

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरू छानबिनका लागि हेड क्वाटर तानिएका छन् । तराईका चार फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन् । उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए ।

उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ । डीआइजी न्यौपानेका अनुसार उनीहरूमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रूपमा कसैलाई पनि पठाइएको छैन । छानबिनपछि निर्दोष देखिए उनीहरूलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरू पठाउने हेडक्वाटरको तयारी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७