सरकार सही दिशामा अगाडि बढेको एमालेको निष्कर्ष


२०८१ पौष १० बुधबार १६:३१ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमाले सचिवालयको बैठकले सरकार सही दिशामा अगाडि बढेको निष्कर्ष निकालेको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका पाँच महिनाका कार्यप्रति सन्तुष्टि जनाइएको र सुधारका क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकताबोध गरिएको जानकारी दिए ।

बैठकले सरकारको पछिल्लो कार्यसम्पादनको समीक्षा गर्दै अर्थतन्त्रमा सुधारका संकेत देखिएको, शेयर बजार उच्चबिन्दुमा पुगेको, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कार्यान्वयनको चरणमा पुगेको, र चीनसहितका देशहरूसँग भएका महत्वपूर्ण सहमतिहरूको प्रशंसा गरेको छ ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन र संगठनात्मक कामलाई समेत प्राथमिकता दिइएको छ । आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटीको आठौँ बैठक काठमाडौंमा गर्ने निर्णय भएको छ । यस बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, र विगतका निर्णयहरूको अनुमोदनजस्ता मुख्य एजेण्डाहरूमा छलफल गरिनेछ ।

तीन नेतालाई कारबाही
बैठकले पार्टीको भवन निर्माणमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई भने पार्टीको साधारण सदस्यबाटै निस्कासन गर्ने निर्णय गरिएको छ ।

प्रवक्ता ज्ञवालीले भने, ‘पार्टी निर्देशनविपरीत अभिव्यक्ति दिने र जिम्मेवारी निर्वाहमा चुकेका नेताहरूलाई आवश्यक कारबाही गरिएको छ । यस्ता कदमले पार्टी अनुशासनलाई मजबुत बनाउँछ ।’ बैठकले संविधान र संघीयताको गम्भीर समीक्षा गर्न कार्यदल गठनको प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७