कन्सर्टका लागि काठमाडौं आइपुगे सोनु निगम, ढाका टोपीले स्वागत


२०८१ पौष १० बुधबार ०३:४२ बजे

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् । 

उनलाई विमानस्थलमा खादामालासहित नेपाली टोपी लगाएर स्वागत गरिएको छ । क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा साँझ हुने ‘सोनु निगम लाइभ इन नेपाल’ मा सोनु गुञ्जिने छन् । निगमले आफू कन्सर्ट गर्न निकै उत्साहित रहेको बताए । 

बेलुका ६ बजेदेखि हुने कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उपस्थित हुने आयोजकको अपेक्षा छ । नेपाल टचको आयोजनामा हुन लागेको कन्सर्टमा निगमसहितको २५ सदस्यीय ब्यान्डले ३ घण्टा प्रस्तुति दिनेछ । साथै कमेडियन सन्दिप क्षेत्री पनि स्वागतको लागि विमानस्थल पुगेका थिए ।

निगमले ५ वटा नेपाली गीत समेत गाउने छन् । निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् । कन्सर्टका लागि न्यूनतम २ हजारदेखि अधिकतम ५० हजारसम्मका टिकट बिक्रीमा राखिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७