रविको हिरासतको तस्वीर खिच्ने निकोलस भुसाल रिहा


२०८१ पौष ८ सोमबार २२:४२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् । आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो ।

उनलाई बाहिरै राखेर अनुसन्धान गर्ने गरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति माग गरेको थियो ।

तर नवराज दाहालको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो । हिरासतमा लामिछाने सुतिरहेको तस्वीर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाहीको माग गर्दै बिरोध गरिरहेको थियो । तर तस्वीर आफूले खिचेको भन्दै निकोलसले सामाजिक सञ्जालमार्फत स्वीकार गरेका थिए । उनले आफूले रवि लामिछानेलाई भेटेर फर्किने क्रममा सीसीटीभी मनिटर रुमबाट तस्वीर लिएको बताएका थिए । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७