पर्यटकलाई कुनै पनि समस्या आउन दिनु हुँदैन : मन्त्री पाण्डे


२०८१ पौष ८ सोमबार २२:५७ बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा उनले विदेशी नागरिक पहिलो पटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिएका हुन् । ‘यो विमानस्थल संवेदनशील क्षेत्र हो । त्यसैले सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एकपटक आउने विदेशी पर्यटकलाई पटक–पटक यहाँ आउने वातावरण बनाउनु पर्छ’, मन्त्री पाण्डेले भने । 

उनले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकाले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त बनाउनसमेत आग्रह गरे । मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिए ।

उनले भने, ‘भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के–के काम गर्ने र कति सयमभित्र गर्ने भनि कार्यायाजनासहित अगाडि बढ्न आवश्यक छ । त्यसका लागि १५ दिनभित्र योजना बनाउनुहोस् । अन्तरमन्त्रालयमार्फत हुने समन्वयात्मक कार्यका लागि हामी सधैँ अग्रसर रहनेछौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७