हङकङबाट आएका यात्रुको जहाजभित्रै निधन


२०८१ पौष ७ आइतबार २०:१३ बजे
फाइल फोटो

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ । निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए । जहाजभित्रै अचेत भेटिएका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूलाई आफन्तहरूले सिनामंगलमै रहेको केएमसी अस्पताल पुर्‍याएका थिए ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाजमा उनको अवस्था के थियो भनेर तत्काल भन्न नसकिने बताए । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बूलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७