नौं दिनका लागि एआइजीमा बढुवा 


२०८१ पौष ५ शुक्रबार २३:५९ बजे

काठमाडौं । मन्त्रिपरिषदको आज (शुक्रबार) को बैठकले नेपाल प्रहरीका दुई नायब महानिरीषक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीषक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ । एक साताअघि भएको सिफारिस अनुसार दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा एआइजीमा बढुवा भएका हुन् । 

उनीहरूमध्ये बोहरा नौं दिनपछि अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हदका कारण १४ पुसमा अवकाश पाउन लागेका बोहरालाई सरकारले बिशिष्ट श्रेणीमा बढुवा गरेको छ । यसले राज्यको आर्थिक दायित्व थप्ने जानकार बताउँछन्।  यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो ।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो । यसअघि गत कात्तिकमा सरकारले दुई दिनका लागि किरण राणालाई एआइजीमा बढुवा गरेर अवकाश दिएको थियो । आफू निकटलाई सुविधा दिन  केही दिनका लागि बढुवा गर्ने प्रवृत्तिले राज्यलाई आर्थिक भार बढ्दै गएको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७