छविलालको बयान : जीबीले पैसा जुटाए, रविले खर्च गरे 


२०८१ पौष ७ आइतबार ००:४७ बजे

काठमाडौं ।  सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीले आर्थिक कारोबारको विषय सबै जीबी राई र रवि लामिछानेलाई थाहा भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा पूर्व डीआईजी जोशीले गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य आफू संलग्न नहुने बयान दिएका हुन् ।

‘गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य गरेका थिएनौ, बैकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिने अबस्था थियो’, उनले भनेका छन् । बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनै पनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् ।

गितेन्द्रबाबु  (जीवी) राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान छ ।कर्मचारी र पत्रकारको छनोट, नियुक्ति, तलबको मापन लगायतको सम्पूर्ण कार्य रवि र जीवीबाट हुने गरेको जोशीले बयानमा बताएका छन् । उनले भने, ‘गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा सूर्यदर्शन सहकारीबाट सहकारी ऐन, नियम र सहकारीको सिद्दान्त विपरित रकम गएको सम्वन्धमा सम्पूर्ण जिम्मेवार गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७