महाकाली तरेर भारतीय एक्स्काभेटर नेपाल पसेपछि ...


२०८१ पौष ७ आइतबार १९:३९ बजे

दार्चुला । दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–५ स्थित वीरेन्द्रवन नजिक नेपाल–भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) भारतीय एक्स्काभेटर आएको छ । आइतबार बिहान साढे ११ बजेतिर अनुमति बिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको हो । 

जानकारी नै नदिइ स्काभेटर लिएर आएका भारतीय चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच अहिले छलफल चलिरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७