नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा काफ्ले


२०८१ मङ्सिर २९ शनिबार १६:०२ बजे

धरान । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा  कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई  निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिए ।

यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातितर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्व) निर्विरोध निर्वाचित भएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७