पशुपति जंगलमा मृत भेटिएकी युवतीको ‘सुसाइड नोट’ : सबैतिर असफल भएँ


२०८१ मङ्सिर २८ शुक्रबार ०३:१७ बजे

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर पछाडि जंगलको झाँडीमा मृत्त भेटिएकी युवतीको पहिचान खुलेको छ । काठमाडौं– ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै जंगलको झाडीमा मृत्त भेटिएकी युवती मनिसा मिजार रहेको खुलेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौको प्रवक्ता नवराज अधिकारीकाअनुसार शंकरापुर नगरपालीका– ५ घर भई हाल शान्तिनगर बस्दै आएकी मनिसा जंगलमा मृत भेटिएकी हुन् ।  उनी बानेश्वरस्थित पेन्टागन कलेजमा कक्षा १२ मा पढ्दै गरेको खुलेको छ ।

प्रहरीका अनुसार शव भेटिएको  ६-७ मिटर नजिकै ओस्ताज नामक विषादिको खाली बट्टा फेला परेको छ । उनी हराएको भन्दै उनका आफन्तले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा जंगलमा उनको शव भेटिएको थियो । 

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनास्थलमा ‘सुसाइड नोट’ समेत भेटिएको प्रहरीले जानकारी दिएको छ । सुसाइड नोटमा उनले जीवनदेखि हार खाएको गुनासो लेखेकी छिन् । सुसाइड नोटमा लेखिएको छ, ‘बाँच्न मन छैन, सबैतिर म असफल भएँ । कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७