कप्तान रोहितको शानदार ब्याटिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य


२०८१ मङ्सिर २५ मंगलबार ००:५२ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा १६७ रन बनाएको हो । 

पावरप्लेमा खराब शुरूवात गरेको लुम्बिनीलाई बलियो स्थितिमा पुर्‍याउन कप्तान रोहित पौडेल र साद बिन जाफरले सानदार ब्याटिङ गरे । पौडेल र जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरूले टिमलाई बलियो स्कोरमा पुर्‍याएका थिए । 

पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ । चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७