सिरिया मिसनमा रहेका नेपाली शान्ति सैनिकको कस्तो छ अवस्था ?


१८:१६ बजे

काठमाडौं । नेपाली सेनाले शान्ति मिसनका लागि सिरियामा गएका नेपाली सैनिकहरू सुरक्षित रहेको बताएको छ । आज (सोमबार) विज्ञप्ति जारी गर्दै नेपाली सेनाले संयुक्त राष्ट्र डिसङ्गेजमेन्ट अब्जर्भर फोर्स मिसन सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य रहेको जनाएको हो । 

‘मंसिर २२ गते संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हयारमा हतियारधारी समुह जबरजस्ती प्रवेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य छ ।’ 

शिख शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन मुलुकहरूमा खटिँदै आएका छन् । सो क्रममा सिरियामा पनि नेपाली शान्ति सैनिक तैनाथ छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७