कीर्तिपुरको मेयरमा कांग्रेस १२३ मतले अगाडि, एमाले पछ्याउँदै, माओवादी तेस्रो
काठमाडौं । सर्वाधिक चासोको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता जारी राखेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता बनाइरहेका छन् ।
कीर्तिपुरमा एमालेका डा.सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले ४६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ मत ल्याएका छन् । कीर्तिपुर १ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भइसकेका छन् । वडानम्बर ४ को मतगणना जारी छ ।