प्रहरीका पाँच प्राविधिक एसएसपीमा बढुवा सिफारिस


२०८१ मङ्सिर १४ शुक्रबार ११:२६ बजे

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्राविधिक एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस गरेको छ ।बढुवा सिफारिस हुनेमा एक कम्प्युटर प्राविधिक र अरु चिकित्सा समूहका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत डिजिटल फोरेन्सिक ल्याबमा कार्यरत एसपी श्यामकुमार मण्डल एसएसपी बढुवाका निम्ति सिफारिस भएका हुन् ।

प्रहरी अस्पतालमा कार्यरत एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर एसएसपीका निम्ति सिफारिस भएका छन् । डा. खड्गी रेडियोलोजी, डा. बुढाथोकी मेडिसिन, डा. राय गण्डकी प्रदेश प्रहरी अस्पताल र डा. कुँवर डेन्टल शाखामा कार्यरत छन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७