यू–१९ एशिया कप : श्रीलंकाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो ।
आठ देश सहभागि एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् । नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल मंसिर २१ र फाइनल खेल २३ गते हुनेछ ।