आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२०८१ मङ्सिर ११ मंगलबार १४:१६ बजे

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिन सोमबार १५ हजार ९ सयले घटेको सुन आज २६ सय रुपैयाँले घटेको हो ।

आज २६ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सुनको मूल्य घटेसँगै चाँदी पनि ओरालो लागेको छ । आज २५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन प्रतितोला चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको  थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको भाउ ह्वातै ओरालो लागेको हो । सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गरिएको छ । यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो । यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७