काठमाडौंमा आज रवि लामिछानेको बयान लिइँदै 


२०८१ मङ्सिर १४ शुक्रबार ११:१४ बजे

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज (शुक्रबार) बाट काठमाडौंमा सुरु हुँदैछ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको आजबाट सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुँदैछ ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा संलग्न देखिएको भन्दै लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको कागजात फेला परेको बताइएको छ। लामिछाने एक्लैले ४६ लाख सवारी ऋण र जिबीसँग संयुक्त थप ४६ लाख लिएको तथ्य भेटिएपछि अनुसन्धानको लागि पक्राउ पुर्जी जारी गरिएको हो ।  

पछिल्लो पटक कास्की जिल्ला अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो ।  पोखरबाट नै बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको मुद्दामा लामिछानेलाई रुपन्देही लगी बयान लिइएको थियो ।

रुपन्देहीमा बयान सकिएपछि उहाँलाई पुन पोखरा ल्याइएको थियो ।  काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई चितवन लैजाने तयारी छ । सहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि त्यहाँबाट पनि लामिछाने माथि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति  शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७