पश्चिम दाङ जोड्ने सडक निर्माण थालियो


२०८१ मङ्सिर १४ शुक्रबार ११:२६ बजे

दाङ । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ । 

शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । ‘अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ’, उनले भने । 

हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ । उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाखमा सम्झौता भएको छ। उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७