पोखराको बाँझो जग्गामा कागती खेती
गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागती खेती सुरु गरेका छन् । गाउँबेंसी एकीकृत कृषि केन्द्रका सञ्चालक समेत रहेका उनले व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।
कागती खेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् । कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट रु तीन लाख ९० हजार सात सय स्वीकृत अनुुदान रहेको छ भने रु तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्र्ने छन् । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ ।