नेकपा एसका कीर्तिपुरका मेयर उम्मेदवारले गरे माओवादीलाई समर्थन
काठमाडौ । नेकपा एकीकृत समाजवादीका कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार भानु रिजालले अन्ततः उम्मेदवारी निष्क्रिय पारेका छन् ।
रिजालले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्ने जनाएका छन् । उनले महर्जनलाई जिताउनका लागि उर्दी समेत लगाएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रिजाललाई यसअघि नै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर, रिजालले फिर्ता लिएका थिएनन् । मनोनयन दर्ता समेत गरिसकेका रिजालले मङ्गलबार उम्मेदवारी निष्क्रिय पारेका हुन् । यससँगै आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने पक्का भएको छ ।
हेर्नुस् रिजालको विज्ञप्ती