एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार


२०८१ मङ्सिर ११ मंगलबार १९:१९ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने भएको हो ।

प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने छन् ।विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने छन् । त्यस्तै अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले लिगमा सहप्रायोजन गर्ने भएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरी क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो । क्यानका सचिव र क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । निर्देशक शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७