अस्थायी, ज्यालादारी, करार सबै काम गर्नेलाई सामाजिक सुरक्षा कोषमा जोडिन्छ : प्रधानमन्त्री 


२०८१ मङ्सिर ११ मंगलबार १९:२४ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने बताएका छन् ।  आज (मंगलबार) काठमाडौंमा आयोजित सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आबद्ध हुने व्यवस्था मिलाइने बताए ।

‘अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नु पर्छ, केही दिन मात्र सेवा गरे पनि यो नियम लागू गर्नुपर्नेछ, यसरी थोरै भए पनि उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ’, उनले भने । उनले वैदेशिक रोजगारीमा गएका सबै युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको थियो ।

देशबाहिर रोजगारीमा रहेको २५-२६ लाख युवालाई कोषमा जोडेर उनीहरूको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उनले जोड दिएका छन् । सरकारले जनताको सुख, समृद्धि र सुरक्षाको उद्देश्य राखेको बताउँदै सामाजिक सुरक्षा कोषले त्यसको ग्यारेन्टी गर्ने बताए । सबैको अन्तिम चाहना सुख भएको बताउँदै उनले राज्यले त्यसका निम्ति काम गर्ने बताए । प्रधानमन्त्रीले सरकारले सामाजिक सुरक्षाको दायरालाई पनि विस्तार गरिने बताए । ओलीले ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा  पनि गरेका छन् ।

उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने बताए। ओलीले मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने दाबी गरे । ओलीले अहिलेको संविधान र सरकार जनताप्रति जिम्मेवार भएको बताए । त्यसैले सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७