इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालय निरीक्षण


२०८१ मङ्सिर ११ मंगलबार १८:०६ बजे

काठमाडौं । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका छन् ।

इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उनले सङ्ग्रहालयको भ्रमण गरेका हुन् । यहाँस्थित इजरायली दूतावासले आज जारी गरेको विज्ञप्तिमा इजरायल–नेपाल सम्बन्ध स्थापनामा दिवङ्गत प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको राजदूतबासले बताएको जनाइएको छ ।

उनलाई सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलले स्वागत गर्दै नेता कोइरालालाई नौ वर्ष बन्दी बनाइएको सुन्दरीजल जेललाई नै सङ्ग्रहालयका रुपमा विकास गरिएको जानकारी दिए । इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन्गुरियन र नेता कोइरालाको दूरदर्शी निर्णयले नेपाल र इजरायलबीच इजरायलको अन्तर्राष्ट्रिय सहायता नियोग ‘मसाभ’मार्फत कृषि, शिक्षा, स्वास्थ्यका साथै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीले व्यावहारिक कृषि कर्मबारे प्रशिक्षण लिँदै आएका छन् । इजरायल नेपाली श्रमिकहरुका लागि  आकर्षक गन्तव्य हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७