राईले सम्हाले कायममुकायम परराष्ट्र सचिवको कार्यभार


२०८१ मङ्सिर ११ मंगलबार १४:३० बजे

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायममुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकबाट कामु सचिवको जिम्मेवारी पाएका राईले सोमबार मन्त्रालयमा कार्यभार सम्हालेका हुन् ।

सरकारले राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी राईलाई उक्त जिम्मेवारी दिएको हो । राई परराष्ट्र सेवामा काबिल र स्वच्छ छवि भएका प्रशासक मानिन्छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७