चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश


२०८१ मङ्सिर ११ मंगलबार १६:२७ बजे
फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्व पदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले उनीहरुले विपक्षी बनाएका पक्षहरुलाई झिकाउन र मुद्दाको सुनुवाईको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य चुडामणि शर्मा अनि सदस्य सचिवको भूमिकामा रहेका आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले ९ वर्ष कैद सजाय सुनाएको थियो । अब विशेष अदालतले गरेका फैसलाविरूद्ध सर्वोच्च अदालतमा दुवै तर्फबाट बहस हुने भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध कर फर्स्योट प्रकरण र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो।

विशेष अदालतबाट कर फर्स्योट प्रकरणमा उनी दोषी ठहर भएका थिए भने अकुत सम्पत्ति आर्जनको अभियोगमा सफाइ पाएका थिए । विशेष अदालतले उनीहरूलाई विगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख रुपैंया तिराउन आदेश दिएको थियो । जमानत बापत त्यो रकम बुझाउन नसकेपछि उनीहरू थुनामा गएर मुद्दाको पुनरावेदन गरेका थिए । पछि आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । त्यही निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले मुद्दाको अर्को पक्षलाई पनि झिकाउन आदेश दिएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७