यू–१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान


२०८१ मङ्सिर ११ मंगलबार १६:२१ बजे

काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्न नेपाली टोली आज (मंगलबार) यूएई प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लगायतले बिदाइ गरेका छन् ।

हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय टोली एसीसी यू–१९ एसिया कप खेल्न यूएई गएको हो । यू–१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र समूहको अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् । यस्तै युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार टोलिमा सामेल छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७