रास्वपाका नेताविरुद्धको मुद्दामा सकियो सुनुवाइ, के आउँला आदेश ?


२०८१ मङ्सिर ११ मंगलबार १६:१९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालतको अवहेलनामा दायर मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ सकिएको हो । अब केहीबेरमा आदेश आउने जनाइएको छ ।

यसअघि मंसिर ९ गते सुनुवाइका लागि पेशी तोकिए पनि पछि  हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।  रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै कार्तिक २९ गते अधिवक्ता अनुपम भट्टराईले  सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै रिट निवेदन दायर गरेका हुन् ।

निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन् ।  विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ । उनी हाल कास्की प्रहरी हिरासतमा छन् । उनलाई आज बयानका लागि काठमाडौं ल्याउने तयारी छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७