देउवाद्वारा कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत


२०८१ मङ्सिर ९ आइतबार १६:३० बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले आज (आइतबार) श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । १५ औं महाधिवेशनदेखि कांग्रेसले कोषाध्यक्ष मनोनीतबाट ल्याउने गरी विधान संशोधन गरेको थियो । त्यसअघि कांग्रेसमा  सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने गरेको थियो ।

कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संयन्त्रलाई पूर्णता दिने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय कोषाध्यक्ष मनोनीत गर्न झण्डै ३ वर्ष लगाएका छन् । देउवा २०७८ मंसिर २९ गते सभापतिमा निर्वाचित भएका थिए ।

व्यवसायी श्रेष्ठ सभापति देउवा निकटका नेता मानिन्छन् । उनी २०७९ सालमा भएको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए । रवि ४९ हजार ३०० मत ल्याएर विजयी हुँदा श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७