राहदानी वितरण ठप्प, नाराबाजी गर्दै सेवाग्राहीको आक्रोश


२०८१ मङ्सिर ९ आइतबार १७:५७ बजे
फाइल फोटो

काठमाडौं । गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आज (आइतबार) पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् ।

आज राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जानकारी दिएको छ ।

राहदानी आवेदन प्रणालीका केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको थाहा पाएपछि यसको जोखिम रोक्नका लागि बन्द गरिएको बताएको छ । राहदानी वितरण कार्य पूर्ण रुपमा प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने बुझिएको छ । तर अत्यावश्यक पर्ने सेवाग्राहीहरूका लागि विभागवाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको विभागको भनाइ छ ।

हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन्। विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७